टाटा टिपर एक्सचेञ्ज क्याम्प  हुदैँ

१ महिना अगाडि

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालि ले टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्ने भएको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले कमर्सियल गाडीहरुलाई लाक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्न लागेको हो । एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डका टिपरहरु संग टाटा एस.के.१६१३ र टाटा एल.पि.के. २५२३ टिपर साट्न सकिनेछ ।

उक्त कार्यक्रम  फागुन २२ र २३ गते धादिङ स्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुन लागेको हो । टाटा एस.के.१६१३ र एल.पि.के. २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहक महानुभावहरुले आकर्षक एक्सचेञ्ज बोनस तथा अन्य उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया