तीन मन्त्रीले लिए शपथ

औषधि उत्पादनको आधा मात्रै लगत खपत

२ महिना अगाडि

काठमाडौँ  - नेपालमा औषधिको उत्पादन लागतको ५० प्रतिशत मात्रै खपत हुने गरेको पाइएको छ । सोमबार राजधानीमा आयोजित ‘औषधि गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले लागतको ५० प्रतिशत मात्रै औषधि खपत भएको बताए ।उनका अनुसार देशभर औषधि उत्पादनमा करिब ६५ अर्ब लगानी रहे पनि ३० अर्ब रुपैयाँ बराबरको खपत छ । यसले गर्दा औषधि उत्पादक उद्योगीहरू निरुत्साहित भएका छन्’ उनले भने ।  औषधि आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले आयात गर्नुपर्ने औषधि नगदमा खरिद गर्नुपर्ने तर उधारोमा बेच्नुपर्ने स्थित रहेको गुनासो गरे । उनले औषधि उद्योग बन्द हुने अवस्थामा पुगेकाले यसले नेपालको अर्थतन्त्रमा असर पर्ने उल्लेख गरे । नेपाल फर्मास्युटीकल्स एसोसिएसनका महासचिव सचीव कट्टेलले मानव स्वास्थ्यलाई असर पार्ने औषधिको नियमन गर्नुपर्ने सुझाए । उनले प्रदेश स्तरमा औषधिको गुणस्तर मापन गर्ने प्रयोगशाला अति आवश्यक रहेको समेत बताएका छन्  । औषधिको गुणस्तर मापन गर्दा रिपोर्ट आउन समेत महिना दिन लाग्ने सुनाउँदै हाल भएका प्रयोगशालाको स्तर वृद्धि गर्नु पर्ने उनको भनाई रहेको छ । 

२ महिना अगाडि

प्रतिक्रिया