मन्त्रालय भागबन्डाको लागि नयाँ गठबन्धनको बैठक बस्दै

मंगलबार, २२ फागुन २०८०, ०८ : ३०

काठमाडौंः नयाँ सत्ता- गठबन्धनमा मन्त्रालयको टुंगो लगाउन लागि छलफल सुरु भएको छ। 

आज (मंगलबार ) दिउँसो २ गठबन्धनको बैठक बस्न लागेको छ। गठबन्धनबाट नेकपा एमालेका शंकर पोखरेल, माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादीका राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन्।

पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरी ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्।
 

मंगलबार, २२ फागुन २०८०, ०८ : ३०

प्रतिक्रिया