१९.३२ गुणा बढी आवेदन परेको सर्वोत्तम सिमेन्टको आईपिओ शुक्रवार बाँडफाँड हुँदै

१ महिना अगाडि

काठमाडौं । सर्वाधिक आवेदन परेको सर्वोत्तम सिमेन्टको साधारण सेयर (आईपीओ) को बाँडफाँड फागुन २५ गते शुक्रबार गरिने भएको छ। सर्वसाधारणका लागी निष्काशन गरेको आईपिओ बाँडफाँड कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमांडौमा हुने कम्पनीले जनाएको छ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीले बुकबिल्डिङबाट आईपिओ निष्काशन गरेकाले ५० कित्ताका दरले बाँडफाँड हुने भएकाले ५५ हजार ५ सय २१ जनाले मात्र आईपिओ प्राप्त गर्नेछन् ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम फागुन २५ गते बिहान १० बने बाँडफाँड हुन लागेको हो । मागभन्दा १९.३२ गुणा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोला प्रथाबाट गरिने क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा १० लाख १२ हजार ३८४ आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । जुन मागभन्दा १९.३२ गुणा बढी हो । आवेदन दिएका मध्ये ५५ हजार ५२१ आवेदकको भागमा मात्रै ५० कित्ताका दरले आईपीओ पर्नेछ । भने बाकीको खाली हात हुने भएको छ।

१ महिना अगाडि

प्रतिक्रिया