विद्युत निर्यात वार्ता सकारात्मक

२ महिना अगाडि


 काठमाडौँ  - नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड ९बिपिडिबी० बीचको विद्युत बिक्री वार्ता सकारात्मक रूपमा अघि बढेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा रहेको टोली र बंगलादेश पावर अन्तर्गतको बोलपत्र मूल्यांकन समितिबीच बिहीबार बंगलादेशको ढाकामा छलफल भएको थियो। विद्युत बिक्री सम्झौताका प्रत्येक दफामा विस्तृत छलफल भएको र त्यसलाई अन्तिम रूप दिएपछि छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। नियम र कानुनबमोजिम उनीहरूको मागअनुसार विद्युत बिक्रीको नतिजासहित बोलपत्र बिपिडिबीले बुझाएको थियो। हामीले प्रस्तुत प्रस्ताव र सम्झौतामा राखिएका बुँदाबारे विस्तृत छलफल गरेका छौं, घिसिङले भने, उनीहरूले पनि माथिल्लो निकायबाट स्वीकृति लिनुपर्छ, सकेसम्म स्वीकृतिको प्रक्रिया पूरा गरेर आगामी वर्ष नेपालबाट विद्युत खरिद गर्ने सम्झौता गर्न सहमत भएका छन्। प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ गतेसम्मको ६ महिनामा ४० मेगावाटसम्म विद्युत निर्यात गर्न बंगलादेशलाई प्रस्ताव पठाएको छ। विद्युत बिक्री सम्झौता पाँच वर्षका लागि हुने बताइएको छ।
 

२ महिना अगाडि

प्रतिक्रिया