तीन गुणामात्र आवेदन भर्न कोरियाको आग्रह

२ महिना अगाडि

काठमाडौं -  कोरिया भाषा परीक्षाका लागि माग भएभन्दा झण्डै १० प्रतिशत बढी कामदारको आवेदन परेपछि आगामी वर्षदेखि माग भएको तीन गुणा मात्र आवेदन भर्ने व्यवस्था गर्न आग्रह गरेको छ । साथै यसवर्षको कोरिया भाषा परीक्षा छिटो सक्न आग्रह समेत गरेको छ ।

यस वर्ष धेरैको आवेदन पर्दा उत्पादन बाहेकका कामदार लैजान नसक्ने भन्दै आगामी वर्षदेखि आवेदनलाई सिमित गर्नका लागि उसले आग्रह गरेको हो । यस वर्ष उत्पादनमूलदक क्षेत्रका लागि आवेदन दिएकाहरुको परीक्षा सक्नै एक वर्ष लाग्ने भएकाले अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने भन्दै नेपाललाई पत्र पठाएको छ । इयिएस प्रणालीबाट विदेशी कामदार लैजाने प्रक्रिया हेर्ने एचआरडी कोरियाका अध्यक्षले पठाएको पत्र मङ्गलबार मात्र नेपालले प्राप्त गरेको छ । ग्वार्कोस्थित इपिएस कोरिया शाखाका प्रमुख मैया कँडेलका अनुसार अन्य क्षेत्रमा नेपालमा भाषा परीक्षा नै लिन नसकिने भएका कारण ती क्षेत्रहरुमा अन्य देशहरुबाट नै कामदार लैजाने कोरियाले उक्त पत्रमार्फत नै जानकारी गराएको छ ।

यसअघि नै परीक्षा र सीप उत्तीर्ण गरेर रोस्टममा रहेकाहरुलाई यो व्यवस्थाले कुनै असर नगर्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार उत्पादनमूलक क्षेत्रमा जानका लागि एक लाख ६३ हजार परीक्षार्थीको परीक्षा सक्न आगामी वर्षको पुस २ गतेसम्म लाग्ने भएको छ । प्रमुख कँडेलका अनुसार यस वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन क्षेत्रबाट १५ हजार ९०० जनामात्र कामदार लाने व्यवस्था गरेको छ ।नेपालबाट लैजानेभन्दा १० प्रतिशत बढीको आवेदन परेपछि परीक्षा सक्न एक वर्ष लाग्ने देखिएको उहाँको भनाइ छ । आगामी वर्षदेखि भने प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकालाई मात्र भाषा परीक्षामा सहभागि गराउने विषयमा छलफल चलाइने इपिएर कोरिया शाखाका प्रमुख कँडेलको भनाइ छ । यदी यो नभए आवेदन माग भएको तीन गुणा आवेदन परेपछि अटोमेटिक रुपमा बन्द हुने सफ्टवेयर निर्माण गरेर यसलाई समाधान गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मागेको पदभन्दा झण्डै १० गुणा बढीको आवेदन परेपछि अर्को वर्षदेखि प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकालाई मात्र भाषा परीक्षामा सहभागी गराउने वा माग भएको तीन गुणा आवेदन परेपछि आफै बन्द हुने सफ्टवेर बनाउने भन्नेमा छलफल जारी छ ।”समयमा भाषा परीक्षा सक्नेगरी आवेदन व्यवस्थित नगरे सबैभन्दा बढी कामदार आपूर्ति गर्ने देशबाट नेपाल पछि हट्ने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । अहिले कोरियाले नेपालसहित १६ देशबाट कामदार लाने गरेको छ । उहाँले भन्नुभयो, “परीक्षाको समय लम्बिँदै गयो भने कोरियाले नेपालबाट लान चाहेको अनुपातमा मान्छे लान सक्दैनौँ भनेको छ । त्यसैले पनि परीक्षा प्रणालीलाई जतिसक्दो छिटो सक्नुपर्ने चुनौति रहेको छ ।”

नेपालबाट आपूर्ति गर्न धेरै समय लाग्दा अन्य देशहरुलाई कोरियाले छनौट गर्नुपर्ने भएकाले नेपालको पोजिसन पनि घट्ने डर हुने उहाँ बताउनुहुन्छ । अघिल्लो वर्षका सिपविल्डिङ अनुत्तीर्णलाई उत्पादन क्षेत्रमा पनि फर्म भर्नका लागि उच्च अदालतले गरेको निर्णयलाई पनि कोरियाले सहज रुपमा नलिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उच्च अदालतले गरेको निर्णयप्रति पनि कोरियाको त्यक्ति सहज जवाफ आएको छैन । असले अप्ठ्यारो तरिकाले स्वीकार गरेको छ । सिपविल्डिङमा अनुत्तीर्णले आन्दोलन नगरेको भए अहिले कोरियाले फेरी कोटा खोलिहाल्थ्यो ।” अहिले दैनिक एक हजारका दरले कोरिया भाषा परीक्षा दिइरहेका छन् । दक्षिण कोरियाको ह्युमन रिसोर्स डिभलपमेन्ट सर्भिसले दैनिक पाँच समयमा गरेर एक हजार जनाको भाषा परीक्षा लिइरहेको छ । निर्देशक कँडेलले भन्नुभयो, “एक सिफ्टमा २०० जनाका दरले हरेक दिन एक हजारको परीक्षा भइरहेको छ । पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा आगामी अप्रिल ६ सम्म सक्ने तालिका प्रकाशन भएको छ । " शाखाका अनुसार मेमा सुरु भएर जुलाई अन्तिममा सकिने दोस्रो चरणको परीक्षामा ७९ हजार र नोभेम्बरमा सुरु भएर डिसेम्बर १७ मा सकिने तेस्रो चरणको परीक्षामा बाँकी ३६ हजार सहभागी हुनेछन् । कोरियाले कामदार लैजाने देशमा सबैभन्दा बढी कामदार नेपालका हुने गरेका छन् । नेपालीहरु कामप्रति इमान्दार र कुनै अनौतिक काममा संलग्न नहुने कुरालाई नै कोरिया पक्षले मन पराउने इपिएस शाखाका प्रमुख मैया कँडेल बताउनुहुन्छ । कामको करार अवधि सकिएपछि पनि अवैधानिक तवरले कोरिया नबस्नुलाई कोरिया पक्षले सकारात्मक रुपमा लिएको उहाँ बताउनुहुछ ।

२ महिना अगाडि

प्रतिक्रिया