शेयर धितोकर्जा बढ्यो, ९महिना ८६ अर्ब १८ करोड  प्रवाह

सोमबार, ३१ बैशाख २०८१, १० : २३

काठमाडाैँ- चालु आर्थिक वर्ष २०८०/0८१ को ९ महिनामा शेयर धितो कर्जा बढेर ८६ अर्ब १८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० चैत्रसम्मको अवधिमा मार्जिन प्रकृतिको कर्जा बढेर १२.९ प्रतिशतले बढेर ८६ अर्ब १८ करोड ५० लाख पुगेको हो। २०८० असारमा यस्तो कर्जा ७६ अर्ब ३० करोड थियो। 

राष्ट्र बैंकको तथ्यांक अनुसार १ करोड बढीको कर्जा ५२ अर्ब ६१ करोडको रहेको छ भने ५० लाख देखि १ करोडसम्मको कर्जा १२ अर्ब रहेको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको कर्जा १४ अर्ब १८ करोड रहेको छ भने २५ लाख मुनिको कर्जा ७ अर्ब ३७ करोड मात्र रहेको छ । यस अवधिमा १ करोड माथिको कर्जा १७।७ प्रतिशतले बढेको देखिन्छ भने ५० लाख देखि १ करोडसम्मको कर्जा २ प्रतिशतले बढेको छ । तस्तै २५ देखि ५० लाखसम्मको कर्जा ११ प्रतिशत र २५ लाख भन्दा कमको कर्जा ४.९ प्रतिशतले बढेको छ । 

हाल ५० लाख भन्दा माथिको शेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार  रहेको छ भने ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरिएको छ । 

सोमबार, ३१ बैशाख २०८१, १० : २३

प्रतिक्रिया