स्वरोजगार लघुवित्तले आह्वान गर्‍यो साधारण सभा, यस्ता छन् एजेन्डा

विहीबार, २४ फागुन २०८०, ०८ : ५७

काठमाडौं- स्वरोजगार लघुवित्तले फागुन २६ गते शनिवारका दिन वार्षिक साधारण सभा बस्ने आह्वान गरेको छ ।

सभा,नेपाल हाउस हात्तीसार,काठमाडौँमा बिहान ११ः३० बजेबाट सुरु गर्ने जनाएको छ। साधारण सभामा संस्थाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची तयार पारेको छ । 

थप सार्वजनिक निष्कासन ९एफपीओ० निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने कम्पनीको जानकारी छ। साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ।

विहीबार, २४ फागुन २०८०, ०८ : ५७

प्रतिक्रिया