वैदेशिक रोजगारीमा महिलाको सङ्ख्या बढ्दो

१ महिना अगाडि

काठमाडौँ - वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । नेपालबाट श्रम स्वीकृति लिएर विभिन्न देशमा जाने महिलाहरूको सङ्ख्या पछिल्लो वर्षहरूमा बढ्दै गएको हो । महिलाहरू घरको काममा मात्रै सीमित हुनुपर्छ, घर परिवारलाई हेर्नुपर्छ र पुरुषले कमाएर ल्याउनुपर्छ भन्ने नेपाली समाजको मान्यता तोड्दै वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ ।

 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा ७ लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । जसमा ७२ हजार १३४ जना अर्थात् ९.३५ प्रतिशत महिला थिए । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा चार लाख ५ हजार ५५८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएकोमा ४५ हजार ७४६ अर्थात् ११.२७ प्रतिशत महिला छन् । विशेष गरी खाडी मुलुकसँगै जोर्डन, ओमान, बहराइन, कुवेत, रोमानियालगायतका देशमा रोजगारीका लागि महिलाहरू जाने गरेका छन् । उनीहरूलाई विशेष गरी घरेलु कामका साथै हाउस किपिङ, गार्मेन्टलगायतका क्षेत्रमा लगाउने गरेको पाइएको विभागले जनाएको छ । 
 

१ महिना अगाडि

प्रतिक्रिया