सूर्यज्योति लाइफ इन्स्योरेन्सले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न सामग्री हस्तान्तरण

१ महिना अगाडि

काठमाडौँ - सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फूलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र नवलपरासीलाई विभिन्न सामग्री प्रदान गरेको छ  । ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मध्यविन्दु ३ मा रहेको केन्द्रलाई सिलाई कटाई तालिम सञ्चालनका लागि १० थान मशिन तथा सोसँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

 


केन्द्रको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका महिलाहरूको आर्थिक क्षमता वृद्धि गर्नका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो । सूर्यज्योतिले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूको सहयोगबाट वित्तीय साक्षरता, सीपमूलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन सम्बन्धी गतिविधि, खेलकुद तथा साक्षरता कक्षा सम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । फूलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बरबहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरू सहित रोटरी क्लब नवलपरासीका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रीय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थियो । कम्पनीका क्षेत्रीय प्रबन्धक ईश्वर विकल सापकोटाले उक्त कार्यक्रममा सामाग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले विपन्न वर्गका महिलाहरूको आर्थिक क्षमता वृद्धि गर्न टेवा पुग्ने कुरामा विश्वस्त रहेको जानकारीगराए । यस्तै, फूलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष महतोले विपन्न तथा पिछडिएका महिलाहरूको सीपमा विकास गरी उनीहरूलाई आर्थिक समुन्नतिको बाटोमा बढाउन सकिने बताए । तालिम सञ्चालन गर्न सूर्यज्योतिले दिएको साथका लागि उनले आभार प्रकट गरे ।


 

१ महिना अगाडि

प्रतिक्रिया