खोटाङ जिल्ला अस्पतालमा विमा सहभुक्तानी प्रणाली सुरु

१ महिना अगाडि


काठमाडौँ - खोटाङ जिल्ला अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली कार्यविधि शुक्रबारदेखि लागू गरिएको छ । सहभुक्तानी प्रणाली कार्यान्वयन भएपछि सेवाग्राहीले पनि उपचारमा लाग्ने कुल खर्चको १० प्रतिशत व्यहोर्नुपर्ने भएको हो ।

 

स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत कार्यविधि २०८० कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्डको पुस ९ गतेको पत्रानुसार माघ १ गतेदेखि लागू गरे पनि दिक्तेल अस्पतालमा भने शुक्रबारदेखि लागू गरिएको अस्पतालका निमित्त कार्यालय प्रमुख डा। पुस्कल राईले बताए । अति विपन्न परिचय पत्र पाएका, ७० वर्षमाथिका जेष्ठ नागरिक, अति अशक्त अपाङ्गताको परिचयपत्र (रातो कार्ड)भएका, महिला स्वयम् सेविका, एचआइभी एड्स संक्रमित, जटिल किसिमका क्षयरोगी, कुष्ठरोगीले भने सहभुक्तानीको पैसा दिनु नपर्ने डा. राईले बताए । यसबाहेक अन्यको हकमा भने ओपीडी टिकट, औषधि र जाँचमा लाग्ने डा. राईले बताए ।


 

१ महिना अगाडि

प्रतिक्रिया