टोयोटा वुमन र्‍याली २०२४ को घोषणा, रजिस्ट्रेसन कहिलेबाट ?

१ महिना अगाडि

काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले टोयोटा वुमन -याली २०२४ आयोजना गर्ने घोषणा गरेको छ।

आगामी अप्रिल २० अर्थात बैशाख ८ गते हुने सो वुमन -यालीले अटोमोटिभ क्षेत्रमा क्रियाशील महिलाहरुको एड्भेन्चर र सहयोगीपनालाई अझै प्रगाढ बनाउने उद्देश्यका साथ आयोजना गर्न लागेको कम्पनीको भनाइ छ ।टोयोटाले सन् २००४ देखि नै यस प्रकारको -याली आयोजना गर्दै आएको थियो । तर विभिन्न कारणले बिचमा भने रोकिएको थियो । त्यसैको निरन्तरताको रुपमा यो ¥याली आयोजना गर्न लागिएको हो ।

सो -यालीमा विजेताहरुलाई नगद पुरस्कार समेत प्रदान गरिने छ । पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् । आगामी मार्च १० बाट यसका लागि रजिष्ट्रेसन खुला हुनेछ। -यालीमा भाग लिन चाहने टिमले ३ हजार रुपैयाँ रजिष्ट्रेसन शुल्क तिर्नु पर्नेछ ।

रजिष्ट्रेसन आगामी अप्रिल १० सम्म गर्न सकिने छ । युनाइटेड ट्रेडर्स सिन्डिकेटले -यालीमा प्रायोजन गर्न समेत विभिन्न कम्पनीहरुलाई आग्रह गरेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया