नेपालबाट १५ करोडको बन्दागोभी निर्यात

१ महिना अगाडि

काठमाडौँ - नेपालबाट ७ महिनाको अवधिमा १५ करोड १५ लाख रुपैयाँभन्दा बढीको बन्दागोभी निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८०र८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा १५ करोड १५ लाख रुपैयाँभन्दा बढीको ९७ लाख ५५ हजार किलोग्राम बन्दागोभी निर्यात भएको हो ।

 

नेपालबाट निर्यात हुने सबै बन्दागोभी (सेतो र रातो) भारतमा जाने गर्छ । यस्तै, १५ लाख रुपैयाँ बराबरको सलगम, मुला लगायतका तरकारी निर्यात भएको छ । यस अवधिमा झण्डै ११ लाख रुपैयाँ बराबरको केराउ, सिमि, बोडी लगायतका गेडागुडी समेत निर्यात भएको तथ्यांकमा उल्लेख छ । यस्तै, ९६ लाख ८० हजार रुपैयाँको कुरिलो निर्यात भएको छ भने ६ लाख रुपैयाँ बराबरको च्याउ निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार अन्य प्रकारका तरकारी निर्यातबाट १६ लाख रुपैयाँ भित्रिएको छ । १ लाख ८० हजार रुपैयाँको फर्सि निर्यात हुँदा ९३ लाख ६६ हजारको गोलभेडा निर्यात भएको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया