कसरी दुध विकास संस्थान नाफामा

१ महिना अगाडि

काठमाण्डौ - दूध उत्पादन गर्ने किसानलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान (डीडीसी) ले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पाँच करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएको छ।

डीडीसीको प्रतिवेदन अनुसार साउन देखि पुस मसान्त सम्ममा पाँच करोड १५ लाख पाँच हजार एक सय ९४ रुपैयाँ नाफा भएको हो । डीडीसीे ६ वर्षदेखि घाटामा रहेको थियो । डीडीसीले साउ नदेखि पुस सम्ममा एक अर्ब ९४ करोड ४९ लाख आम्दानी र एक अर्ब ८८ करोड ७७ लाख रुपियाँ खर्च गरेको छ । डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बताउनु भयो    । महिनाको हिसाब निकाल्दा पाँच करोड नाफामा रहेको तर त्यो नगदमा नआएको बताउनुभयो । उत्पादन गरिएको दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नगद नआएको तर चैतदेखि सुक्खा सिजन शुरु हुने भएकोले त्यसपछि मौज्दात बिक्री भएर नाफा नगदमा प्राप्त हुने बताउनु भयो । झाका अनुसार अहिले डीडीसीसँग एक अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात छ । किसानलाई पनि झण्डै एक अर्ब रुपैयाँ नै भुक्तानी गर्न बाँकी छ । मौज्दात बिक्री भएपछि किसानलाई भुक्तानी दिन समस्या नहुने उहाँले बताउनुभयो । किसानलाई भुक्तानी गर्न सरकारले ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ । 

१ महिना अगाडि

प्रतिक्रिया