काठमाडौँ । चैत २ गते गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बित्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुने कम्पनीको जानकारी छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०- ८१ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ।
त्यस्तै , पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुनेछ। सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गते बुक क्लोज गरिसकेको छ ।
प्रतिक्रिया