झम्सिखेलमा सीएफ मोटो र जीहो इभीको सोरुम

१ महिना अगाडि

काठमाडौं- रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक नियुक्त भए पश्चात ग्राहक सामू आफ्नो पहुँच बढाउन धमाधम डिलर नेटवर्क विस्तार कार्यलाई तीव्रता दिएको छ ।

यस अनुसार झम्सिखेलमा अवस्थित फ्ल्यागसिप शोरुमबाट आजदेखि सवारी साधन बिक्री प्रारम्भ गरेको छ । हाल उक्त शोरुममा जीहो ब्रान्डका एई६ प्लस र एई८ मोडल उपलब्ध हुनेछन् भने आगामी अप्रिल महिना देखि सीएफ मोटो बाइकका साथ शोरुमको ग्रान्ड लन्च गर्ने योजना भएको कम्पनीको भनाइ छ ।

ललितपुरको झम्सिखेलस्थित उक्त नयाँ शोरुम करिव २ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । ग्राहकको सहजताका लागि उक्त शोरुमको वातावरण पनि त्यसै अनुसार निर्माण गरिएको छ । ऋषि ट्रेड सेन्टरले हाल नक्सालस्थित शोरुमबाट जीहो ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गर्दै आएको छ भने कालोपुलस्थित सर्भिस सेन्टरमार्फत सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउदै आएको छ । भक्तपुरको सल्लाघारीस्थित रहेको डिलर राइडर्स ग्रुपमार्फत सीएफ मोटो र जीहोको बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउदै आएको छ ।


जीहो ब्रान्डका एई६ प्लस र एई८ इलेक्ट्रिक स्कुटर दुई पांग्रे सामान्य सवारी साधन मात्र नभई प्रविधि, डिज़ाइन र फरक कार्यक्षमता भएका प्रिमियम इलेक्ट्रिक स्कुटर भएको कम्पनीको भनाइ छ । जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, स्ट्यान्ड एन्ड सिट सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम ९जेड–बीएमएस०, पावरफुल मोटर, छोटो समयमै चार्ज हुने चार्जर, किलेस अपरेसन ९एनएफसी कार्ड र १४० देखि १६० किलोमिटर सम्म रेन्ज पाउन सक्ने विविध विशेषताका कारण जीहो ब्रान्डका इलेक्ट्रिक स्कुटर फरक रहेको कम्पनीको भनाइ छ ।

१ महिना अगाडि

प्रतिक्रिया