यात्रीको ‘पी–वान’ मोडल मूल्य कटौटी भएर आउने

१ महिना अगाडि

काठमाडौं- नेपालकै पहिलो मोटरसाइकल ब्राण्ड यात्रीको ‘पी–वान’ मोडल मूल्य कटौटी भएर आउन लागेको हो । अहिले ५ लाख ६५ हजार रुपैयाँसम्म मूल्य रहेको यात्री ‘पी–वान’को नयाँ जेनेरेशन मोडल ४ लाख ५० हजार सुरुवाती मूल्यबाटै बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।

यात्रीले अहिले पी–वान मोडलको जेन(२ भर्सन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले जेन(२ मा यसमा दिइएको मोटरसाइज घटाउन लागेको हो । अहिले नयाँ मोडलको परिक्षण चलिरहेको कम्पनीको भनाइ छ ।

‘अहिले इन्जिनियरको टीमले पी(वान जेन(२ परिक्षण गरिरहेको छ । अबको दुई महिना भित्रै परिक्षण सकेर मोटरसाइकल बजारमा ल्याउने योजना बनाएका छौं’, कम्पनीका चेयरम्यान वत्सल पाण्डेले मेरोअटोसँग भने ।


पाण्डेका अनुसार नयाँ जेनेरेशन मोडलमा १० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग हुनेछ । यसमा मोटर बाहेक अन्य परिमार्जन हुनेछैन ।

निकै पावरफुल मोटर, ११० किलोमिटर रेन्ज र स्टाइलिस डिजाइनमा उपलब्ध पी–वानले निकै राम्रो ब्यापार गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया