साओमीले आफ्नै ब्राण्डमा विद्युतीय कार ल्याउने

१ महिना अगाडि

काठमाडौं- चिनियाँ टेक जाइन्ट साओमीले आफ्नै ब्राण्डमा विद्युतीय कार ल्याउने भएको छ ।

सस्ता र फिचर प्याक स्मार्टफोन बनाएर स्थापित भएको साओमीले ल्याउने आफ्नो पहिलो इलेक्ट्रीक भेहिकल स्पीड अल्ट्रा ७ (एसयू७) मोडल १५ दिन पछि चिनियाँ बजारमा आउने भएको हो । साओमीले मार्च २५ बाट कस्टुमर एक्सपिरीयन्स सुरु गर्ने जनाएको छ । साओमीले सन् २०२१ को मार्चमै कार निर्माण गर्ने घोषणा गरेको थियो । कम्पनीले पहिलो विद्युतीय कारको रुपमा एसयू७ गत डिसेम्बरमै अनभिल गरेको थियो ।

कम्पनीले आगामी १५ देखि २० वर्षको अवधिमा विश्वको टप ५ कार निर्माता कम्पनीमा आफुलाई स्थापित गर्ने योजना बनाएको छ । साओमीले बजारमा बिक्री सुरु गर्न लागेको विद्युतीय कार एसयू७ एक सेडान कार हो । मूल्यमा टेस्ला मोडल थ्री भन्दा सस्तो रहेता पनि यो कार साइजमा टेस्लाको कार भन्दा ठूलो हुनेछ । साओमी एसयू–७ को लम्बाई ४९९७ एमएम, चौडाई १९६३ एमएम र उचाई १४५५ एमएम दिएको छ । यस कारको ह्वीलवेस ३००० एमएम छ । साओमीले सेडान कारमा सुपर इलेक्ट्रीक मोटर रहेको जनाएको छ । जसले टेस्ला र पोर्श्चेको ईभीभन्दा फास्ट एक्सीलरेसन प्रदान गर्नेछ । रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने नयाँ कारमा २२० किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ७३.६ किलोवाट आवरको ब्याट्रीप्याक छ । जसलाई फुल चार्ज गर्दा ६६८ किलोमिटर गुडाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ ।

साओमीले आफ्ना ईभीहरु चीनको सरकारी अटो कम्पनी बीएआईसी ग्रुपको वेइजीङ फ्याक्ट्रीमा निर्माण गरिरहेको छ । यसको वार्षिक उत्पादन क्षमता २ लाख यूनिट रहेको बताइन्छ ।
अहिलेसम्म कम्पनीले यसको मूल्यका विषयमा कुनै जानकारी दिएको छैन । सम्भवत यसको मूल्य ३५ हजारदेखि ५० हजार अमेरिकी डलर हाराहारी हुने अनुमान गरिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया