ईभी एमजी ४ नेपालमा सार्वजनिक

विहीबार, ०१ चैत्र २०८०, १७ : ३६

काठमाडौँ - प्यारामाउन्ट मोटर्सले विलासी बिजुली कार एमजी ४ सार्वजनिक गरेको छ। कारको मोटर पावर घटे पनि ब्याट्रीको क्षमता बढाएर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। यस अघि एमजीले १५० किलोवाट मोटर पावर रहेको कारको मूल्य ५८ लाख ९९ हजार थियो। 


प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले कारमा ६४ किलोवाट ब्याट्री रहेको बताए । यसको मोटर पावर ९९ किलोवाट छ।  फुल अप्सनमा सार्वजनिक गाडीको लक्जरी मोडलको मूल्य ४९ लाख ९९ हजार छ । ४४० किलोमिटर रेञ्जमा सार्वजनिक गाडीको अधिकतम टर्क २५० एनएम छ । गाडीले १५० किलोवाट सम्मको फास्ट डिसी चार्जर सपोर्ट गर्छ। रियर ह्विल ड्राइभ रहेमो एमजी ४को टप स्पिड १६० किलोमिटर प्रतिघण्टा छ। गाडीमा इन्डिपेन्डेन्स सस्पेन्सर हुँदा अफरोड बाटोमा कुदाउन सहज हुन्छ।  कम्पनीले कम्फर्ट सेगमेन्टमा ४१ लाख ९९ हजारमा विक्री गर्दै आएको छ। एमजी ४ ह्याचव्याग स्पोर्टी गाडी हो।

विहीबार, ०१ चैत्र २०८०, १७ : ३६

प्रतिक्रिया