फागुनमा विदेशिए साढे ६५ हजार नेपाली

१ महिना अगाडि

 काठमाडौं - काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । चालु आर्थिक वर्ष ९आव० २०८०र८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ ।

नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । फागुनमा काम खोज्दै विदेशिने मध्ये ६ हजार ७ सय ६८ महिला छन् । पछिल्लो तीन महिना यता लगातार ६० हजार भन्दा माथिको संख्यामा नेपाली विदेशिएको तथ्यांकमा देखिन्छ । तथ्यांक अनुसार यो वर्ष आठ महिनामा पौने ५ लाख नेपाली विदेशिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने केही कम हो । 


फागुन २०८० मा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो । अघिल्लो वर्ष फागुनमा ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।अघिल्लो वर्ष आठ महिनामा ५ लाख ४० हजार ६ सय ७५ नेपाली विदेशिएका थिए । गत वर्ष काम खोज्दै विदेश जाने नेपालीको संख्याले रेकर्ड राखेको थियो । यो वर्ष युनाइटेड अरब इमिरेट्स ९यूएई० मा नेपालीको अधिक आकर्षण देखिन्छ । फागुनमा मात्र १८ हजार ७ सय ७ श्रम स्वीकृति यूएईका लागि भएको छ । यो महिना कुवेतमा मात्र ३ हजार २ सय ६, जापान १ हजार ३ सय ६०, कोरिया ७ सय ३०, रोमानिया १ हजार ७ सय ८४, मौरिसस ८ सय ५९ र क्रोएसियामा ९ सय १५ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।साउदी अरबमा १३ हजार २ सय ६७, कतार ११ हजार ३ सय ९० र मलेसियामा ८ हजार ४ सय १७ श्रम स्वीकृति जारी भएको तथ्यांकमा देखिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया