स्काइवेलको विद्युतीय कार ईटी फाइभ शोरुम आइपुग्यो

१ महिना अगाडि

काठमाडौं - स्काइवेलको विद्युतीय कार ईटी फाइभ शोरुम आइपुगेको छ। लामो समयको प्रतिक्षापछि स्काइवेलको प्रिमियम एसयूभी ईटी फाइभ यही साता शोरुम आइपुगेको हो।  

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यो कारको मूल्य १ करोड ९ लाख रूपैयाँ तय भएको जी मोटर्सले जनाएको छ । जी मोटर्सले नाडा अटो शो २०२३ मा स्काइवेल ब्रान्ड नेपाल भित्रिएको औपचारिक घोषणा गरेको थियो।  त्यससँगै कम्पनीले अटो शोबाटै ईटी फाइभको बुकिङसमेत खुलाएको थियो । अटो शोयता कम्पनीले करिब ३० गाडीको बुकिङ गरिएको दाबी गरेको छ। उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने दाबी कम्पनीका  निर्देशक कैलाश बाबु गेलालले जानकारी दिए । उनका अनुसार यो नेपालमा आएका इभि कारहरुमा सबै भन्दा बढि रेन्ज भएको कार हो ।  यो कार अन्य कार भन्दा  भिन्न रहेको छ ।

 

शोरुम आइपुग्यो स्काइवेल ईटी फाइभ, आगामी साताबाट उपभोक्तालाई डेलिभरी

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यो कारको मूल्य १ करोड ९ लाख रूपैयाँ तय भएको जी मोटर्सले जनाएको छ। स्काइवेल ईटी फाइभ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। स्काइवेलको शोरुम भक्तपुरमा बनिसकेको छ भने काठमाडौंको नक्सालमा निर्माणाधीन रहेको जी मोटर्सले जनाएको छ।स्वाइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्ने कम्पनीको भनाइ छ।
 

१ महिना अगाडि

प्रतिक्रिया