सानिमा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

१ महिना अगाडि

काठमाडौँ - सानिमा बैंकले ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। सानिमा बैंकका संस्थापक शेयर धनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी दिएको छ । 

यसमा सानिमाकै अन्य संस्थापक शेयर धनीहरूले आवेदन दिन सक्नेछन्। आज (चैत ५ गते) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय,नारायण चौर नक्साल, काठमाडौँमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सकिने बैंकको जनाएको छ। 

सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। तोकिएको समयमा संस्थापक शेयर धनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ।

 

१ महिना अगाडि

प्रतिक्रिया