साढे ४४ लाख, २२ हजार नेपाली विदेशमा

१ महिना अगाडि

काठमाडौं - नेपालमा घर छाडेर  विदेशमा बस्ने नागरिकको जनसंख्या साढे ४४ लाख जना रहेको देखिएको छ । जसमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयले २०७८ सालको जनगणनाका थप तथ्यांकहरु आइतबार सार्वजनिक गरेको हो ।

तथ्यांक अनुसार सबैभन्दा धेरै हिमाली र पहाडी भेगबाट घर छाड्नेहरु देखिन्छन् । कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार घरमा अनुपस्थिति जनसंख्या ४४ लाख ५७ हजार ८२८ जना रहेको देखिन्छ । यो कुल जनसंख्याको १५.३ प्रतिशत हो ।तराईबाट ११ प्रतिशतले घर छाड्दा हिमालबाट २१.६ र पहाडबाट २०.३ प्रतिशत घरमा ६ महिना भन्दा लामो समय नबसेको देखिएको छ । घर छाड्नेमा पुरुषको जनसंख्या महिलाको तुलनामा धेरै देखिन्छ । विदेश जानेको संख्या अघिल्ला जनगणनाहरुको तुलनामा क्रमशः बढ्दै गएको समेत देखिएको छ । सहरभन्दा ग्रामिण भेगबाट धेरै नेपालीले घर छाडेको तथ्यांकमा देखिन्छ । घर छाडेको जनसंख्यामध्ये २२ लाख ६७ हजार २३६ जना मुलुकभित्रै एक स्थानबाट अर्को स्थानमा लामो समय बसिरहेको देखिएको छ । २१ लाख ९० हजार ५९२ जना नेपाली भने विदेशमा रहेको तथ्यांक छ ।


 

१ महिना अगाडि

प्रतिक्रिया