क्रेटा ईभीको प्ररिक्षण तिव्र, कहिले आउछ नेपाल ?

१ महिना अगाडि

काठमाडौं- कोरियन कार निर्माता हुन्डाईले आफ्नो सफल एसयूभी क्रेटाको इलेक्ट्रीक मोडल यहि वर्षको तेस्रो क्वाटरमा भारतबाट बिक्री सुरु गर्ने पक्का भएको छ । कम्पनीले क्रेटा ईभी अहिले विभिन्न स्थानमा परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएका छन् ।

नयाँ क्रेटा एसयूभीमा आधारित रहेर आउन लागेको इलेक्ट्रीक मोडल केहि दिनअघि दक्षिण कोरियामा सडक परीक्षण भइरकेको तस्बिर बाहिर आएको हो । क्रेटा इलेक्ट्रीकमा क्लोज ग्रिल र नयाँ बम्पर दिएको देखिन्छ । तर, डेटाइम रनिङ लाइट र हेडल्याम्प भने समान रहने अनुमान लगाउन सकिन्छ । यसको साइड प्रोफाइलमा नयाँ डिजाइनको अलोय ह्वील, रियरमा कनेक्टेड टेलल्याम्प, एरोडाइनामीक स्पोइलर र एलइडी माउण्टेड स्टप ल्याम्प रहने छ । इलेक्ट्रीक क्रेटाको इन्टेरियर पनि उत्कृष्ट रहने अनुमान लगाउन सकिन्छ । यसमा इन्टीग्रेटेड इन्फोटेन्मेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । भोइस इनेवल स्मार्ट प्यानारोमिक शनरुफ, भेन्टीलेटेड सिट, बोसको प्रिमियम साउण्ड सिस्टम, डिउलजोन अटोमेटीक एसी जस्ता क्यावीन फिचर पाउन सकिनेछ । हुन्डाईले इलेक्ट्रीक क्रेटामा पनि आयोनीक ५ को जस्तै केहि प्रिमियम फिचर थप गरेर ल्याउने अनुमान गरिएको छ । जसमा कनेक्ट कार र २।५ लेभलको एडास फिचर हुन सक्नेछ ।

क्रेटा इलेक्ट्रीकमा एलजीकेमले उत्पादन गरेको ४५ किलोवाट आवरको ब्याट्रीप्याक रहने कुरा बाहिर आएको थियो । यसको भारतीय सर्टिफाइड रेन्ज ४५० किलोमिटर बताइए पनि सडकमा भने ३०० देखि ३२० किलोमिटरसम्म पाउन सकिनेछ । यसमा एड्भान्स रिजेन सिस्टम र फास्ट चार्जिङ अप्सन समेत पाउन सकिन्छ । हुन्डाईले क्रेटामा कोनाको जस्तै १०० किलोवाटको इलेक्ट्रीक मोटर दिने अनुमान गरिएको छ ।

भारतीय बजारमा ईभीको माग खासै बढ्न नसकेको समयमा आउन लागेको क्रेटा इलेक्ट्रीक भने भारतमा बिक्री सुरु हुनासाथ नेपाल आउन सक्ने मोडल हो । किन भने नेपालमा ईभीको माग उच्च रहेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया