नेपाल भित्रिदै सेरेसको इलेक्ट्रीक भ्यान

१ महिना अगाडि

काठमाडौं- सेरेसको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले इलेक्ट्रीक भ्यान पनि नेपाल ल्याउने भएको छ । कम्पनीले एक बिज्ञप्ती जारी गर्दै शोकोनका ११ सिट क्षमताका इलेक्ट्रीक भ्यान नेपाल ल्याउन लागेको हो ।

कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार सेरेसको ईसी(३६ मोडलको इलेक्ट्रीक भ्यान नेपाल ल्याउन लागेको हो । कम्पनीले त्यसको प्रक्रिया सुरु गरिसकेको छ । अबको केही दिनमा नै बिक्री सुरु हुने जनाएको हो ।

ईसी–३६ इलेक्ट्रीक भ्यानमा ४२ किलोवाट आवर क्षमताको ब्याट्री र ६० किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर दिइएको छ । तर, चीनमा उपलब्ध मोटर पावर भने नेपाल आउन लागेको हो वा होइन कम्पनीले जानकारी दिएको छैन । नेपाल ल्याउने अधिकांश ब्राण्डले ११ सिटर भ्यानको मोटरपावर घटाएर ल्याइरहेका छन् । यस्तोमा सेरेसको भ्यान कुन मोटर पावरमा आउँछ एकिन भएको छैन । सेरेस इसी–३६ भ्यानको लम्बाई ४५०० एमएम, चौडाई १६८० एमएम र उचाई २००० एमएम छ । यो गाडी अहिले बजारमा उपलब्ध डाँफे भ्यान जस्तै रहेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया