आठ महिनामा भित्रिए साढे ६ हजार विद्युतीय सवारी साधन

१ महिना अगाडि

काठमाडौं- आठ महिनामा साढे ६ हजार विद्युतीय सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

आठ महिनामा विभिन्न तौल क्षमतका ६ हजार ४३५ वटा विद्युतीय सवारी नेपाल भित्रएका छन् । जुन गत आवको सोही अवधिमा भने २.९२ गुणा अर्थात् १९२.७६ प्रतिशत बढी हो ।

गत आवको फागुन मसान्तसम्ममा ६ अर्ब १६ करोड ८२ लाख रुपैयाँ बराबरका २ हजार १९८ वटा विद्युतीय गाडी आयात भएका थिए । तर, चालु आवको आठ महिनामा भने कुल १५ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया