सञ्जाल विस्तारमा आक्रामक बन्दै सेरेस

१ महिना अगाडि

काठमाडौँ - नाडा अटो सो २०२३ मार्फत नेपालमा दमदार रुपमा प्रवेश गरेको सेरेसले छोटो समयमा धेरै नेपालीको मन जित्न सफल भएको छ । 

अब भने सेरेसका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेसका इभीहरुको उपलब्धता सहज बनाउन महत्वपूर्ण पाइला चाल्ने भएको छ । सेरेसले यसअघि नै नक्साल, पानी पोखरी, थाक्सीखेल ललितपुर र भक्तपुर जस्ता काठमाडौं उपत्यकाका महत्वपूर्ण स्थान तथा काठमाडौं बाहिर पोखरा, वुटवल, विराटनगर, विर्तामोड र नेपालगञ्जमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ ।   सेरेस इभीप्रति ग्राहकको पहुँच सहज बनाउन एमएडब्लु वृद्धिले निकट भविष्यमा नारायणघाट, धनगढी, विरगञ्ज र जनकपुरमा पनि सोरुम सुरु गर्ने योजना बनाएको छ । यसले नेपालभर परिचित र उपलब्ध इभी ब्रान्ड बन्ने सेरेसको महत्वकांक्षालाई उजागर गर्छ ।

सेरेसको बारेमा :
सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ।
 

१ महिना अगाडि

प्रतिक्रिया