अत्यावश्यक शीर्षकमा मात्र बजेट माग्न अर्थद्वारा  पत्राचार

बुधबार, ०७ चैत्र २०८०, १३ : ५०


काठमाडौं – अर्थमन्त्रालयले बजेट प्रस्ताव गरिरहँदा  बजेट तयारी मार्गनिर्देशन जारी गर्दै केही शीर्षकमा बजेट नमाग्न सचेत गराएको छ । अर्थमन्त्रालयले १८ खर्बको सिलिङभित्र रहेर बजेट बनाउनेभएको छ । राष्ट्रिय योजना आयोगको सिफारिश अनुसार अर्थमन्त्रालयले बजेट बनाउने अभ्यास छ । 

अर्थले परिपत्र गरे अनुसार बजेट प्रस्ताव गर्न नपाइने शीर्षकहरूमा फर्निचर, फिक्चर्स, सवारी साधन खरिद, वैदेशिक भ्रमणलगायत छन् । अत्यावश्यकबाहेक सवारी साधन, स्वीकृत दरबन्दीबाहेकका कर्मचारीको तलबका लागि प्रस्ताव पनि नगर्न भनिएको छ ।

अर्थसचिव डा. कृष्णहरी पुस्करले मार्गनिर्देशनसँगै मन्त्रालयहरूमा जारी गरेको पत्राचारमा स्रोतमा परेको चापका कारण आर्थिक वर्षको अवधिमा थप रकम निकासा हुन नसक्ने उल्लेख छ । सोही आधारमा योजना प्रस्ताव गर्न अर्थले सचेत गराएको हो ।

बुधबार, ०७ चैत्र २०८०, १३ : ५०

प्रतिक्रिया