एयरबसको हेलिकप्टर, १५ दिनपछि उडाउने तयारी

बुधबार, ०७ चैत्र २०८०, १७ : ०१

काठमाडौँ - एयरबस कम्पनीले सन् २०२३ मा उत्पादन गरेको एच१२५ ९बिथ्रिई० हेलिकप्टर बुधबार काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको मनाङ एयरले जनाएको छ।

४७ करोड लगानीमा ल्याएको यो हेलिकप्टर दुई सातापछि उडाउने कम्पनीको तयारी छ। छिट्टै अर्को हेलिकप्टर पनि थप्ने कम्पनीका एक अधिकारीले बताए । 'यो हेलिकप्टर हामीले यही सिजनमा उडाउनका लागि ल्याएका हौं। करिब १५ दिनमा सबै तयारी पूरा गरेर उडानमा आउनेछ,' ती अधिकारीले भने, अर्को सिजनका लागि पनि थप एउटा हेलिकप्टर ल्याउने तयारी गरिरहेका छौं। सम्भवतस् अक्टोबरसम्म आइपुग्नेछ।  गत असोजमा सोलुखुम्बुको लोबुचेमा मनाङको हेलिकोप्टर दुर्घटनामा परेपछि यो कम्पनी जहाजबिहीन भएको थियो। तीन महिनाको अन्तरालमा दुई वटा हेलिकप्टर दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरणले मनाङलाई खराब उडान सुरक्षाु को कारण देखाउँदै इजाजतपत्र (अपरेटर सर्टिफिकेट) निलम्बन गर्ने निर्णय गरेको थियो । नयाँ हेलिकप्टर ल्याएसँगै कम्पनीले निलम्बन फुकुवाको प्रक्रिया थालेको उनले बताए।

बुधबार, ०७ चैत्र २०८०, १७ : ०१

प्रतिक्रिया