इलेक्ट्रीक मोटरसाइकल अल्ट्राभोइलेटको पहिलो शोरुम काठमाडौंमा बन्ने

१ महिना अगाडि

काठमाडौं- इलेक्ट्रीक मोटरसाइकल अल्ट्राभोइलेटको पहिलो शोरुम काठमाडौंमा बन्ने भएको छ । अल्ट्राभोइट मोटरसाइकलको आयातकर्ता केडिया इन्टरनेशनलले काठमाडौंको नक्साल ९नारायणचौर०मा शोरुम निर्माण गरिरहेको हो ।

कम्पनीले यसअघि भारतीय इलेक्ट्रीक एम्पीयर बिक्री भइरहेको शोरुमलाई नै अल्ट्राभोइलेटको शोरुम बनाएको हो । कम्पनीले शोरुम निर्माण सकिएको केही दिनमै अल्ट्राभोइलेटको मोटरसाइकल सार्वजनिक गर्ने योजना बनाएको छ ।
 यसअघि काठमाडौंको सडकमा परीक्षणको क्रममा अल्ट्राभोइलेट एफ ७७ मोटरसाइकल देखिएको थियो । कम्पनीले मोटरसाइकल र्याप गरेर पिलियन राइडरसहित परीक्षण गरेको थियो ।

यद्यपि, कम्पनीले परीक्षण गरेको मोटरसाइकल एफ ७७ को कुन भेरियन्ट भन्ने जानकारी दिएको छैन । अल्ट्राभोइलेट एफ ७७ भारतमा विभिन्न तीन भेरियन्ट उपलब्ध छ । एफ ७७ लाइटिनिङ, एफ ७७ स्याडो र एफ ७७ लेजरगरी तीन भेरियन्टमा छनोट दिइएको छ । नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने कम्पनीले स्पष्ट जानकारी दिएके छैन । अल्ट्राभोइलेट एफ ७७ मोटरसाइकलमा निकै पावरफुल ३० किलोवाट पीक पावर भएको एयर कुल्ड मोटर छ । यसको टप स्पीड प्रतिघण्टा १४७ किलोमिटर रहेको कम्पनीको दाबी छ । मोटरसाइकलमा इको, स्पोर्ट र इन्सेनगरी तीन राइडिङ मोड पाउन सकिन्छ ।

यसको टप भेरियन्टमा १०.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई सामान्य चार्जरबाट ४ घण्टामा र फास्ट चार्जरबाट एक घण्टा ५० मिनेटमा फुलचार्ज गर्न सकिन्छ । यसले एक पटकको फुलचार्जमा ३०७ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यो मोटरसाइकलको मूल्य १० लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया