एथरको नयाँ स्कुटरको परिक्षण तिब्र

१ महिना अगाडि

काठमाडौं- इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरले नयाँ स्कुटर सार्वजनिक गर्ने मिति नजिकिदै गर्दा स्कुटरको परिक्षणलाई तिब्र पारेको छ । कम्पनीले अप्रिल ६ मा सार्वजनिक गर्ने तयारी गरेको स्कुटरलाई ‘अन्डर वाटर’ (पानी भित्र) चलाएर परिक्षण गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक गरेको छ ।

कम्पनीले आगामी अप्रिल ६ तारिखमा हुने ‘कम्यूनिटी डे’मा एथर रिज्टा स्कुटर सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ । केही दिन अघि मात्रै कम्पनीले यसमा प्रयोग हुने ब्याट्रीको ‘ड्रप टेष्ट’ गरेको थियो । यसमा एथर ४५० एक्समा नै भएको ब्याट्री प्रयोग गर्नेछ । उक्त ब्याट्रीलाई ४० फिट माथिबाट गरिएको परिक्षण सफल भएसँगै कम्पनीले ‘अन्डर वाटर’ परिक्षण गरेको हो ।

कम्पनीले गरेको परिक्षणमा स्कुटरलाई ४०० एमएम हाइट पानी भित्र चलाएको देख्न सकिन्छ । स्कुटर कुनै रुकावट अन्डर वाटर चलेको भिडियो कम्पनीले देखाएको हो । यसमा आइपी ६७ प्रमाणित लिथियम आयन ब्याट्री प्याक उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । उक्त भिडियोमा स्कुटरको बल्की डिजाइन देख्न सकिन्छ । यसमा एप्रोन माउन्टेड एलइडी हेडलाइट, इन्टिग्रेटेड हेडलाइट, एलइडी डिआरएल जस्ता फिचर रहने छन् ।

यसका साथै यसमा एथर ४५० एक्स कै समान ७ इन्चको टीएफटी डिस्प्लेसमेत देख्न सकिन्छ । रिज्टामा ठूलो फ्लोरबोर्ड स्पेस एरिया, फराकिलो साइजको सीट दिइएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया