दरबारमार्गमा हुने ‘होली पुन्ही’ प्रायोजन गर्दै ओमोडा

१ महिना अगाडि

काठमाडौँ- विद्युतीय सवारी साधन ब्रान्ड ‘ओमोडा’, काठमाडौँको दरबारमार्गमा हुने ‘होली पुन्ही २०२४’ कार्यक्रममा ‘ड्राइभ इ फ्युचर’ प्रायोजकको रूपमा सहकार्य गरेको छ । विगत ५ वर्षदेखि होलीको उत्सवहरू आयोजना गर्दै आएको ‘अर्बिटरि इभेन्ट्स’ ले यो वर्ष पनि ‘होली पुन्ही २०२४’ आयोजना गर्न लागेको हो । 

यस कार्यक्रमको प्रायोजकको रूपमा, धेरै सहभागीहरूलाई आधुनिक, रमाइलो र ‘फ्युचरिस्टिक’ प्रविधिसँग जोड्दै र अविस्मरणीय अनुभवहरू गर्न सहज बनाउने लक्ष्य, ओमोडाले राखेको छ । होलीको अविस्मरणीय अनुभवका लागि, ओमोडाले रोचक खेललगातय विभिन्न गतिविधिहरू सहितको स्टल राख्ने छ ।

 सहभागीहरूले रङ्ग र सङ्गीतमा उत्साहजनक मनोरञ्जन लिनुका साथै, ओमोडाको आधुनिक कनेक्टिभिटि र शून्य उत्सर्जनको विषयमा समेत जानकारी प्राप्त गर्न सक्नेछन् । ओमोडा स्टलमा ‘कलर’ पेन्टिङ, ‘मेसेज’ बोर्ड सहित विभिन्न गतिविधिहरू गर्दा मर्चेन्डाइजहरू प्राप्त गर्न सकिने जस्ता व्यवस्था रहनेछन् । साथै, सामाजिक सञ्जालमा #Omodacolors ह्यासट्याग राखी कार्यक्रमका तस्बिरहरू पोस्ट गर्ने दर्शकहरूले अन-द-स्पट ‘गिफ्ट ह्याम्पर’हरू जित्ने मौका पाउनेछन् । होली पुन्ही २०२४ कार्यक्रममा भेक, यावेश थापा, आविष्कार के।सि।, डि.जे. बि.पि.एम्, डि.जे. डान, लगायत छ जना चर्चित डि।जे।हरूको साथमा साङ्गीतिक माहौल निरन्तर कायम रहनेछ । एस पि जि अटोमोबाइल्स, सबै ग्राहकहरू तथा अन्य सहभागीहरूलाई आफूलगायत साथीहरूसँगै स्टल भ्रमण गरी, होलीको रङ्ग, गीत, सङ्गीत, डिजे, नृत्य आदिमा मंत्रमुग्ध हुन आमन्त्रित गर्दछ ।


एस. पि. जि.अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमा – एसपिजि अटोमोबाइल्स प्रा। लि।, नेपालमा ओमोडा अटोमोबाइल कम्पनि लिमिटेडको लागि आधिकारिक वितरक हो । 


 

१ महिना अगाडि

प्रतिक्रिया