९० करोडको सेनिटरी प्याड आयात

१ महिना अगाडि

काठमाडौँ - चालु आर्थिक २०८०\०८१ वर्षमा ९० करोड रुपैयाँको सेनिटरी प्याड आयात भएको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा १४ करोड वटा प्याड बराबर ९० करोड रुपैयाँको आयात गरिएको हो । भन्सार विभागको तथ्यांक अनुसार १४ करोड १७ लाख ६२ हजार १६४ गोटा प्याड आयात भएको हो । सो बराबर ९० करोड ५४ लाख २९ हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षमा सो सेनिटरी प्याड आयातबाट सरकारले १६ करोड ९९ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  नेपाले सो प्याड बंगलादेश, चीन, डेनमार्क, हङकङ लगायत मुलुकबाट आयात गर्दै आएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया