काठमाडौं- नेपाल मेडिसिटीमा मिसेस वर्ल्ड २०२५ चानिता सिडाकेट क्रेथोर्न (स्यामी) सहित मिसेस नेपाल इन्टरनेसनल डा। सञ्जु भट्ट, र थाइल्यान्डकी प्रचाया थेप्थेवनको सहभागितामा मातृ मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सुत्केरीपछिको मानसिक स्वास्थ्य समस्या (Postpartum Depression–PPD), यसका लक्षण पहिचान, भावनात्मक चुनौती तथा परिवारको साथ र सहयोगको महत्त्वबारे छलफल गरिएको थियो। कार्यक्रममा नयाँ तथा गर्भवती आमाहरूलाई आफ्ना अनुभव र भावना खुलेर व्यक्त गर्ने अवसर प्रदान गरिएको थियो।
यसै अवसरमा स्यामीद्वारा सुरु गरिएको ‘ह्याप्पी मम चेक नेपाल’ पहलसमेत अघि बढाइएको छ। यसमार्फत आमाहरूले एडिनबर्ग पोस्टनेटल डिप्रेसन स्केल ९भ्एम्क्० मा आधारित निःशुल्क तथा गोप्य मानसिक स्वास्थ्य स्वमूल्याङ्कन गर्न सक्नेछन्। आवश्यक सहयोग चाहिने आमाहरूलाई अस्पतालको सम्बन्धित स्वास्थ्य टोलीसँग जोड्ने व्यवस्था पनि गरिएको छ।
मातृत्वको यात्रामा आमाको शारीरिक स्वास्थ्यसँगै मानसिक तथा भावनात्मक स्वास्थ्यको हेरचाह पनि उत्तिकै आवश्यक रहेको सन्देश कार्यक्रमले दिएको छ। नेपाल मेडिसिटीले मातृ मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै आमाहरूलाई आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया