एक घण्टामा श्रम स्वीकृति दिन असम्भव: वैदेशिक रोजगार विभाग

१ महिना अगाडि

 

काठमाडौँ - श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण्टामा नै  श्रम स्वीकृति दिन नसक्ने जनाएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी) ले शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने तयारी गरेको बताका छन्  । विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौँसहित श्रम तथा रोजगार कार्यालय पोखरा, श्रम तथा रोजगार कार्यालय बुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ । विभागका अनुसार पछिल्लो समयमा औसतमा एक हजार पाँच सय जनाले श्रम स्वीकृति लिने गरेकोमा दैनिक आठ सयभन्दा बढीले वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट लिने गरेका छन् । हाल वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) नामक सफ्टवेयर मार्फत श्रम स्वीकृति लिने व्यवस्था हुँदै आएको छ ।  वैदेशिक रोजगार कार्यालय काठमाडौँका अनुसार श्रमका लागि टोकन लिएकालाई तुरुन्तै दिने चाहना हुँदा पनि सर्भरमा बेला बेलामा आइरहने समस्याका कारण तीन दिनसम्म लाग्ने गरेको छ । सो कार्यालयका निर्देशक एवं सूचना अधिकारी कल्पना मास्केले बेला बेलामा ‘सर्भर डाउन’ हुने समस्याका कारण पछिल्लो समयमा २४ घण्टाभित्र श्रम स्वीकृति दिन सक्ने अवस्था नरहेको बताए । उनले भने, “कर्मचारी त एक घण्टा भित्रै श्रम दिने गरी तयारी अवस्थामा छौँ तर सर्भरले काम गर्दैन, कर्मचारीले के गर्नु रु स्टिमले काम गर्दैन त ।” 

यही मङ्गलबारदेखि बिहान ८ देखि साँझ ७ बजेसम्म तीन सिफ्टमा काम गरिरहेका छौँ तर पनि एक हजारभन्दा बढी श्रम स्वीकृति तीन दिनदेखि थुप्रिँदै आएको निर्देशक मास्केले जानकारी दिए । पछिल्ला दिनमा कार्यालय समयमा सर्भर असाध्यै ढिला चल्ने गरेका कारण काम थपिँदै गएको छ त्यसैले अबदेखि २४ घण्टा काम गर्ने व्यवस्थाको अनुरोध गर्दै बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्र पठाएको उनले जानकारी दिए । सर्भर राति ‘फास्ट’ हुने भएकाले २४ घण्टा (चार सिफ्ट) मा श्रम स्वीकृति दिने व्यवस्था गरियो भने अहिलेको सफ्टवेयरबाट तीनरचार घण्टाभित्रमा श्रम दिन सकिने अवस्था आउने निर्देशक मास्केको भनाइ छ । श्रममन्त्री अर्यालले पाँच दिन पहिलो  वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदाता बोलाएर शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका छन् । वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको छ तर यो प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु परेको छ । 

यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएका हुन् । मन्त्री अर्यालले संसारको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टा भित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिनुुभएको थियो । मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक हप्तादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको जनाएको छ । श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण्टामा नै  श्रम स्वीकृति दिन नसक्ने जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी) ले शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने तयारी गरेको बताका छन्  । विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौँसहित श्रम तथा रोजगार कार्यालय पोखरा, श्रम तथा रोजगार कार्यालय बुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ । विभागका अनुसार पछिल्लो समयमा औसतमा एक हजार पाँच सय जनाले श्रम स्वीकृति लिने गरेकोमा दैनिक आठ सयभन्दा बढीले वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट लिने गरेका छन् । हाल वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) नामक सफ्टवेयरमार्फत श्रम स्वीकृति लिने व्यवस्था हुँदै आएको छ । 

श्रममन्त्री अर्यालले पाँच दिन पहिलो  वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदाता बोलाएर शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका छन् । वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको छ तर यो प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु परेको छ । यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएका हुन् । मन्त्री अर्यालले संसारको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टा भित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिनुुभएको थियो । मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक हप्तादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको जनाएको छ ।

 वैदेशिक रोजगार कार्यालय काठमाडौँका अनुसार श्रमका लागि टोकन लिएकालाई तुरुन्तै दिने चाहना हुँदा पनि सर्भरमा बेला बेलामा आइरहने समस्याका कारण तीन दिनसम्म लाग्ने गरेको छ । सो कार्यालयका निर्देशक एवं सूचना अधिकारी कल्पना मास्केले बेला बेलामा ‘सर्भर डाउन’ हुने समस्याका कारण पछिल्लो समयमा २४ घण्टाभित्र श्रम स्वीकृति दिन सक्ने अवस्था नरहेको बताए । उनले भने, “कर्मचारी त एक घण्टा भित्रै श्रम दिने गरी तयारी अवस्थामा छौँ तर सर्भरले काम गर्दैन, कर्मचारीले के गर्नु रु स्टिमले काम गर्दैन त ।” यही मङ्गलबार देखि बिहान ८ देखि साँझ ७ बजेसम्म तीन सिफ्टमा काम गरिरहेका छौँ तर पनि एक हजारभन्दा बढी श्रम स्वीकृति तीन दिनदेखि थुप्रिँदै आएको निर्देशक मास्केले जानकारी दिए । पछिल्ला दिनमा कार्यालय समयमा सर्भर असाध्यै ढिला चल्ने गरेका कारण काम थपिँदै गएको छ त्यसैले अबदेखि २४ घण्टा काम गर्ने व्यवस्थाको अनुरोध गर्दै बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्र पठाएको उनले जानकारी दिए । सर्भर राति ‘फास्ट’ हुने भएकाले २४ घण्टा (चार सिफ्ट)मा श्रम स्वीकृति दिने व्यवस्था गरियो भने अहिलेको सफ्टवेयरबाट तीनरचार घण्टाभित्रमा श्रम दिन सकिने अवस्था आउने निर्देशक मास्केको भनाइ छ । 

१ महिना अगाडि

प्रतिक्रिया