किङ्गलङ्ग ब्रान्डको विद्युतीय भ्यानको बुकिङ सुरु

१ महिना अगाडि

काठमाडौं -१९ सिट क्षमता भएको किङ्ग लङ्ग ब्रान्डको विद्युतीय भ्यानको बुकिङ खुला भएको छ ।

सीजी मोटर्सले सात वर्ष वा चार लाख कि.मिसम्मको ब्याट्री वारेन्टी सहित नयाँ विद्युतीय भ्यानको बुकिङ लिन थालेको हो । ३७२० एमएम ह्विल बेस अर्थात् अगाडि र पछाडिका टायरको दूरी रहेको यो गाडीको तौल चार हजार २०० केजी रहेको छ । अधिकतम भार बहन क्षमता १४२० केजी, ९० किलोवाटको ब्याट्री, फास्ट तथा स्लो चार्जका लागि जीबीरटी पोर्ट, ६.६ किलोवाटको स्लो चार्ज सपोर्ट, अधिकतम् स्पिड ९० कि.मि प्रति घण्टा, २२० एमएम ग्राउन्ड क्लियरेन्स जस्ता फिचर पनि यसमा पाउन सकिन्छ ।

एक पटकको चार्जमा ३०० किमि रेन्ज दिने सीएटीएल ब्याट्री भएको यो गाडीको मूल्य ७८ लाख रुपैयाँ रहेको छ । यसमा १० ओटा रिजेन मोड, २२० एमएमको ग्राउन्ड क्लियरेन्स, खाल्डा खुल्डी सहितको सडकका लागि बलियो टायर, २५ प्रतिशत सम्मको उकालोमा सहजै उक्लिन सक्ने जस्ता विशेषता रहेका छन् । त्यस बाहेक एबीएस, एमपी फाइभ, रिभर्स भ्यु क्यामेरा, बजर सहितको रिभर्स पार्किङ सेन्सर, एभीएएस, सेन्ट्रल लकिङ, एसी, रेडिओ, यूएसबी तथा एसडी कार्ड स्लट समेत यो भ्यानमा रहेका छन् ।

१ महिना अगाडि

प्रतिक्रिया