यस साता सुनको मूल्यमा नयाँ कीर्तिमानी , कुन दिन कति कारोबार ?

१ महिना अगाडि

काठमाडौँ - यस साताको सुनको कारोबारले गत साता जस्तै किर्तीमानी कायम गरेको छ । साताको पहिलो दिनको तुलनामा कारोबार साताको पाँचौँ दिन बिहीबार हालसम्मकै उच्च रेकर्ड कायम गरी शुक्रवार पुनः ओरालो लागेको थियो।

नेपाली बजारमा साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ७ हजार १ सय ७० रुपैयाँ रहेको सुनको मूल्य दोसौ दिन सामान्य घटेर पुनः वृद्धि भई पाँचौँ दिन बिहीबार हालसम्मकै उच्च दर कायम गरेको थियो ।  अर्थात् प्रति १० ग्राम १ लाख ९ हजार ५ सय ७० पुगेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रवार फेरि घटेर १ लाख ८ हजार ४ सय ५५ कायम भएको थियो। 

यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ३ सय ३३ रुपैयाँ कायम भयो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ३० रुपैयाँ रहेको चाँदीको मूल्य बिहिवार रेकर्ड राखेपछि साताको अन्तिम कारोबार भएको दिन शुक्रवार भने सामान्य घटेर प्रति १० ग्राम १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

अमेरिकी रिजर्भ बैङ्कले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै र विश्व बजारमा द्धन्द अझै बढ्न सक्ने आङ्कलनका कारण पनि मूल्य वृद्धिमा चाप परेको विश्लेषकहरूले जनाएका छन् ।
 

१ महिना अगाडि

प्रतिक्रिया