सुजुकीको नयाँ वर्ष अफरमा १० हजार नगद छुट

४ हप्ता अगाडि

काठमाडौँ - नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ वर्ष अफर ल्याएको छ ।

 ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासि’ नाम दिइएको उक्त योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउनेछन् । यस्तै थप स्क्राच कार्डमार्फत १ लाख सम्म क्यास वा  कुनै पनि  पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्याङ्कन भन्दा थप मोटरसाइकलमा रु १५ हजार र स्कुटरमा २० हजार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै फाइनान्समा ० प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ ग्राहकवर्गले सोही छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि उपलब्ध हुने जनाएको छ । यो योजना चैत  १४ देखि ज्येष्ठ १८ सम्म लागु हुनेछ ।  बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि मोटरसाइकल उत्पादन गर्दे आइरहेको छ । 

 

 
 

४ हप्ता अगाडि

प्रतिक्रिया