आगामी वर्ष स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने

शुक्रबार, १६ चैत्र २०८०, ०८ : ३५

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अन्तर सरकार (प्रदेश तथा स्थानीय तह) राजस्व बाँडफाँडको अनुमानित लक्ष्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्वको विनियोजन यकिन गरेको हो । 

मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी वर्ष प्राप्त राजस्वबाट अन्तर सरकारी निकाय प्रदेश सरकार र स्थानीय तहलाई समान ७७ अर्ब ५० करोड रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ । यसो गर्दा ७ वटा प्रदेश बराबर ७५३ स्थानीय तहले राजस्व पाउने छन् । 

यसैगरी, वित्तीय समानीकरण अनुदानको परिणाम अनुसार सात प्रदेशको लागि ६० अर्ब रुपैयाँ र स्थानीय तहहरूको लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गर्ने निर्णय समेत सरकारले  गरेको छ ।

शुक्रबार, १६ चैत्र २०८०, ०८ : ३५

प्रतिक्रिया