जसिन्द्र श्रीपाली

सुनको मूल्यमा कीर्तिमानी कायम: अझै बढ् सक्ने महासंघ अध्यक्ष शाक्यको भनाई

४ हप्ता अगाडि

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक कीर्तिमानी कायम गरिरहेको छ। हिजो शुक्रवार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा खरिदबिक्री भएको छ । 

शुक्रवार सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँले बढेर प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको छ। गत साता जस्तै यो साता पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो। पछिल्लो तीन दिनमा नै सुन तोलामा ३ हजार ६०० रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले सुनको भाउ रुसका राष्ट्रपति पदमा भ्लाडिमिर पुटिन पुनः निर्वाचित हुँदा आणविक हमला हुने सङ्केत देखिएकाले सोही त्रासका कारण अन्तर्राष्ट्रिय बजारमा सुनलाई सुरक्षित लगानीका रूपमा मानिएको छ र लगानी सुनमाथि नै थुप्री रहेको छ जस कारण विश्व बजारमा सुनको भाउ आकासिएसँगै नेपाली बजारमा पनि यसको प्रभाव पर्न आएको बताएका छन् । शाक्यले सुनको मूल्यमा थप वृद्धि हुनसक्ने प्रस्ट कारण रहेको बताए । 

विश्व बजारमा यति बेला अमेरिकन फेडरल बैंकले पटक पटक ब्याजदर घटाउने भनेका कारण पनि सुनको भाउ बढ्न सहयोग पुगेको छ। रुस र युक्रेनबिचको युद्ध केही साम्य हुने भएमा भने सुनको भाउ घट्ने पनि उनको अनुमान रहेको छ । युद्ध विरामको सहमति हुने जस्तो भएमा भाउ घट्न सक्छ । तर अमेरिकी फेडरल बैंकको ब्याजदर घटाउने प्रेसरका कारण पनि घट्न नदिन सक्छ । सुनको भाउ घटेमा एक लाख १५ हजारसम्म झर्न सक्छ । तर यदि भएन भने सुनको भाउमा अस्थिरता देखिने  शाक्यको भनाई छ । 
 

४ हप्ता अगाडि

प्रतिक्रिया