लाइसेन्स भएपुग्छ किस्तामा बजाजको मोटरसाइकल किन्न

४ हप्ता अगाडि

काठमाडौं - नागरिकता र सवारी चालक अनुमपित पत्रको आधारमा किस्तामा मोटरसाइकल किन्न चाहने ग्राहकहरुको लागि बजाज मोटरसाइकल किन्न सकिने स्कीम सार्वजनिक भएको छ । 

बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीको लैनचौर स्थित डिलर स्टार अटोले किस्तामा मोटरसाइकल किन्न सहज हुने स्कीम ल्याएको हो । स्टार अटोले ल्याएको स्कीममा बजाजका मोटरसाइकल किन्न चाहने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट गरेर ३ वर्षे किस्तामा मोटरसाइकल किन्न सक्नेछन् । किस्तामा मोटरसाइकल किन्ने ग्राहकलाई विना झन्झट, नागरिकता र लाइसेन्समात्र भए पुग्ने स्कीम ल्याएको छ ।

यसले काठमाडौंमा बस्ने काठमाडौं बाहिरका ग्राहकहरुलाई धेरै सहजता हुन्छ । बाहिरबाट काठमाडौं आएर बसेका ग्राकहले किस्तामा मोटरसाइकल किन्दा ग्यारेन्टर मिलाउन सबैभन्दा गाह्रो पर्दैै आएको थियो । यो स्कीममा मोटरसाइकल किन्नेले आम्दानीको स्रोत खुल्ने कागजपत्र, बिजुली बिल, घरधनीको नागरिकता जस्ता कुराको झन्झट् बिनै कर्जा सुविधा पाउने छन् । स्टार अटोले ल्याएको यो स्कीममा बजाजका कुनैपनि मोटरसाइकल किन्न सक्नेछन् । यो स्कीम अन्तर्गत ग्राहकले मासिक ५ हजारभन्दा कम रुपैयाँमा मोटरसाइकल किन्न पाउने छन् ।काठमाडौं लैनचौरमा रहेको बजाजको शोरुममा मात्र यो स्कीम उपलब्ध रहेको छ भने सिमित अवधिको लागि यो स्कीम लागू हुने कम्पनीले जनाएको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया