सिट्रोनको ईसीथ्री कारमा २ लाख ५० हजारसम्मको फाइदा

४ हप्ता अगाडि

काठमाडौं- सिट्रोनको पछिल्लो इलेक्ट्रीक कार ईसीथ्रीमा २ लाख ५० हजारसम्मको फाइदा पाइने स्कीम सार्वजनिक भएको छ । आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले ईसीथ्री र सीथ्री दुबै मोडलमा २ लाख ५० हजार रुपैयाँसम्मको स्कीम दिएको हो ।

कम्पनीले यी दुबै मोडलको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, एक वर्षको बीमा, एक्सचेन्जमा आउनेलाई एक्सचेन्ज बोनस गरेर २ लाख ५० हजारसम्मको स्कीम दिन लागेको हो । ‘नयाँ वर्षको अवसर पारेर गाडी किन्ने ग्राहकलाई स्कीम दिएका हौं । यो स्कीममा सिट्रोन सीथ्रीको दुबै मोडल किन्ने ग्राहक निरास बन्नु पर्नेछैन’, कम्पनीले भन्यो ।

कम्पनीले आफ्नो शोरुममा दैनिक टेष्ट ड्राइभ आयोजना गरिरहेको छ । साथै, स्कीमबारे थप जानकारी लिन चाहने मानिसले कम्पनीको भ्रमण वा टेलिफोनबाट पनि जानकारी लिन सक्ने छन् ।  सिट्रोन सीथ्री इलेक्ट्रीक ३४ लाख ९९ हजार मूल्य तोकेर बिक्री हुँदै आएको मोडल हो । यसमा २९ किलोवाट आवरको ब्याट्री र ४२ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । निकै किफायती संचालन खर्च, स्पेयर टायर, उच्च ग्राउन्ड क्लियरेन्स भएको सिट्रोन इसीथ्री राम्रो संख्यामा बाटोमा देखिन थालेको छ । ह्याचव्याकको पैसामा एसयूभीको फिल प्रदान गर्ने साइजको सीथ्री कारले फ्रेन्च लिगेसीलाई कायम राखेको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया