सेगवको नयाँ वर्ष विशेष अफर: नगद छुट र लक्जरी गेटव

४ हप्ता अगाडि

काठमाडौं - सेगवे-नाइनबोटले नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो नेपाली नयाँ वर्ष २०८१ को सु-अवसर पारि सेगवेका इ-स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ । 

 यही १९ चैत्र, २०८० देखि १८ वैशाख, २०८१ सम्म रहने यस योजना अवधि भित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुटको मजा लिन सक्नेछन् ।  क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने शानदार मौका रहेको छ । इेलेक्ट्रिक स्कुटरको नेपाली बजारमा सेगवेका इ–स्कुटरहरु लोकप्रिय छ र उपभोक्ताहरूको रोजाइमा परिरहेका छन् । शहरी देखि साहसिक यात्राका लागि ग्राहकहरु सेगवे इ–स्कुटरहरुमा आकर्षित हुनुका साथै तिनका नवीन विशेषताहरूका कारण दैनिक जीवनको एक आवश्यक अंश बन्न सफल भएको छ । 
नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे इ–स्कुटरका मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन्, विशेष गरी, E125 / E110L  मा रु.२५,००० सम्म, E100  मा रु.२०,००० सम्म र / N100 मा रु.१५,००० सम्म विशेष नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले उपत्यका भित्रका राइजिङ मल, दरबारमार्ग, झम्सीखेल, ललितपुर र सल्लाघारी- भक्तपुर लगायत उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा शोरुममा गई अफरको फाइदा लिन सक्छन्  ।

aato

सेगवे–नाइटबटको बारेमा:  
सेगवे–नाइटबटको विश्वव्यापीN100, E100, E110L, / E125  जस्ता लोकप्रिय मोडलहरू हाल नेपाली इलेक्ट्रिक सवारी साधन बजारमा सबैभन्दा बढी बिक्री भइरहेका छ । सेगवे विश्वव्यापी रूपमा व्यक्तिगत यातायात उपकरणहरूको एक प्रमुख प्रदायकको रूपमा अफुलाई सावित गरेको छ । जसले नवीन उत्पादनहरू सिर्जना गरी दक्षता, स्थिरता प्रदान गर्दै मानिसहरूको दैनिक यात्राहरूमा आनन्द बढाएको छ । सेगवे विभिन्न उत्पादन र साझा गतिशील समाधानहरूको साथ नेपालको व्यक्तिगत यातायात परिदृश्यमा अग्रसर छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया