लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ अफर

४ हप्ता अगाडि

काठमाडौं -  हुन्डाई अटोमोवाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना ल्याएको छ । 

यो ग्राहकमुखी योजना चैत १९ देखि नेपालभर सुरू हुने कम्पनीले जनाएको छ । हुन्डाईले आफ्ना ग्राहकहरूलाई तीनगुणा नगद छुटको आकर्षक अफर ल्याएको छ ।‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ अन्तर्गत ग्राहकहरूले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाखसम्मको आकर्षक नगद छुट, १० लाखसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् । कम्पनीका अनुसार योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निस्शुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुने स्किम छ । यस स्किमबाट हुन्डाईको कुनै पनि Hatchback, Compact SUV, SUV  तथा EV खरिद गर्न सकिनेछ ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १७ शोरूमहरु तथा १९ सर्भिस सेन्टर र ४५ भन्दा बढी चार्जिङ पोइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया