फोर्डले भारतमा नयाँ एसयूभी बनाउने

४ हप्ता अगाडि

काठमाडौं । विश्वका उदयमान बजारको लागि सानो कम्प्याक्ट एसयूभी फोर्डले भारतमा उत्पादन गर्ने भएको छ ।

 सन् २०२१ मा भारत छोड्ने निर्णय गरेको अमेरिकी ब्राण्डले केही समयअघि भारत फर्कने संकेत दिएको थियो । भारतमा रहेको दुई मध्ये एक प्लान्ट बिक्री गरेको फोर्डले एउटा प्लान्ट भने आफुसँगै राखेको थियो । अब कम्पनीले उक्त प्लान्ट संचालनमा ल्याउने तयारी गरेको खबरहरु बाहिर आएका छन् । फोर्डले अघिल्लो महिना नयाँ इन्डेभरको प्याटेन्ट दर्ता गरेको थियो । अब अर्को नयाँ कम्प्याक्ट एसयूभीको पेटेन्ट दर्ता गरेको हो ।

फोर्डले भारतमा दर्ता गरेको प्याटेन्टलाई आधार मान्दा ४ किटरभन्दा केही लामो साइजको एसयूभी उत्पादन गर्न लागेको बुझिन्छ ।अहिले हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागेन टाइगुन, स्कोडा कुशक, सुजुकी ग्राण्ड भिटारा र टोयोटा हाइराइडर जस्ता मोडल यो सेग्मेन्टमा उपलब्ध छन् । फोर्ड ईको स्पोर्टस् एसयूभीको सफलतालाई निरन्तरता दिन फोर्डले भारतीय बजारमा नयाँ एसयूभी ल्याउन खोजेको देखिन्छ । कम्पनीले ल्याउने नयाँ एसयूभी सम्भवत पेट्रोल र इलेक्ट्रीक दुबै अप्सनमा उपलब्ध हुन सक्ने बताइन्छ ।फोर्डको बल्की डिजाइन नयाँ एसयूभीमा पनि निरन्तर देख्न पाइने छ । फोर्डको ‘एक्सभी(७७२ प्लेटफर्म’मा आधारित हुने एसयूभीमा १।५ लिटर टर्बो चार्ज्ड, फोर सिलिण्डर इन्जिन रहने अनुमान गरिएको छ ।कम्पनीले यसलाई भारत, ब्राजिल, अष्ट्रेलिया, यूरोप र दक्षिण अमेरिकी देशमा बिक्री गर्न सक्ने देखिन्छ ।


 

४ हप्ता अगाडि

प्रतिक्रिया