साओमीको विद्युतीय कार किन्न ६ महिना कुर्नुपर्ने

४ हप्ता अगाडि

काठमाडौँ - चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले हालै मात्रै आफ्नो विद्युतीय कार (ईभी)लञ्च गरेको छ । 

कम्पनीले कार क्रेताहरूलाई डेलिभरीका लागि ६ महिनासम्म कुर्न भनेको छ । एसयू- ७ म्याक्स डेलिभर हुन २७ हप्तासम्म लाग्न सक्ने कम्पनीले क्रेताहरूलाई बताएको छ । कम्पनीले बिहीबार कारको प्रि-अर्डर सुरु गरेको २४ घण्टामै ८८ हजार ८९८ ओटा अर्डर आएको थियो । साओमी विश्वको तेस्रो ठुलो स्मार्टफोन बिक्रेता कम्पनी हो । 

विश्वको स्मार्टफोन बजारको १२ प्रतिशत हिस्सा यसको पोल्टामा छ । अब कम्पनीले टेस्ला बीवाई जस्ता दिग्गज कम्पनीलाई टक्कर दिन ईभी उत्पादनमा हात हालेको छ । साओमीको एसयू–७ को सुरुवाती मूल्य २ लाख १५ हजार ९ सय युआन रहेको छ भने म्याक्स भर्जनको मूल्य २ लाख ९९ हजार ९०० युआन छ । चीनमा टेस्लाले मोडल थ्री २ लाख ४५ हजार ९०० युआनमा बेचिरहेको छ । हेर्दा पोर्शको तेक्यान र पामामेरा मोडल जस्तै देखिने एसयू ७ एक पटक चार्ज गर्दा ७०० किमीसम्म गुड्छ । मोडल थ्रीको रेन्ज ५६७ केमी मात्रै छ । विश्वभरी विद्युतीय सवारी साधनको बिक्री घटेर कम्पनीहरूबिच मूल्य घटाउने होडबाजी चलिरहेकै समयमा साओमी ईभी उद्योगमा छिरेको छ । साओमीले १० वर्षमा ईभी व्यवसायमा १० अर्ब डलर लगानी गर्दैछ ।

४ हप्ता अगाडि

प्रतिक्रिया