८ महिनामा ४ लाख ६८ हजार नेपाली बिदेसिए

४ हप्ता अगाडि

काठमाडौँ - वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या घटेको पाइएको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क हेर्दा घटेको देखिएको हो । गत साउनदेखि फागुन मसान्तसम्ममा चार लाख ६८ हजार १३५ जना नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागको तथ्याङ्क अनुसार गत साउनमा ५५ हजार ५७५ नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका थिए । जसमा पुनः श्रम स्वीकृति लिएकाहरूको तथ्याङ्क समावेश गरिएको छ ।

त्यस्तै भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार, २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति ९पुनः श्रम स्वीकृतिसहित० लिएको विभागको तथ्यांकले देखाएको छ ।  गत आर्थिक वर्षको साउददेखि फागुनसम्म ८ महिनामा पाँच लाख ४० हजार ६७५ जना नेपाली विदेश गएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा ७२ हजार ५४० जना कम हो । फागुनमा ६५ हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए

४ हप्ता अगाडि

प्रतिक्रिया