चांगानको ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ विद्युतीय एसयूभी दीपल एस०७ सार्वजनिक

४ हप्ता अगाडि

काठमाडौं- नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपाली ईभी क्षेत्रलाई रूपान्तरण गर्ने ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ विद्युतीय एसयूभी दीपल एस०७ सार्वजनिक गरेको छ । यसको ट्यागलाइन ‘टच द फ्युचर’ले सुझाएजस्तै नयाँ दीपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौँ विशेषताहरू छन् ।

यो कारमा भएको विशेषताहरुले ‘विद्युतीय मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउने दाबी कम्पनीले गरेको छ । दीपल १ सय ६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ। नेपाली अटो क्षेत्रले लामो समयदेखि प्रतिक्षा गरेको यो ‘इन्टेलिजेन्ट विद्युतीय’ एसयूभीलाई आइतबार नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डेप्युटी जनरल म्यानेजर गुआन सिन, एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेको हुन्। दीपल एस०७ को सार्वजनिकीकरण नेपालमै पहिलो पटक कारमाथि ‘थ्री डी म्यापिङ प्राजेक्सन’ गरी गरिएको हो ।

deepal-4

१५ भन्दा बढी ‘फस्र्ट टाइम इन नेपाल’ विशेषता

दीपल एस०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्वील ड्राइभ सिस्टम’ रहेको छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसले सिंगल चार्जमा ४ सय १० किलोमिटरको रेन्ज (डब्लूएलटीपी) दिन्छ। अटोमोबाइकल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दीपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौँ विशेषता छन् ।

संगीत, फोन कल र फोटो खिच्नेलगायतका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतबाट कमान्ड लिनसक्छ। साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयूडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ । साथै क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्‍याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दीपल ०७ मा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले डङाइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ ।

दीपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १ सय २५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ। यसमा रहेको २० इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ । त्यस्तै नेपालमै पहिलो पटक, कुनै पनि ईभीमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ । दीपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो ई एसयूभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’लाई बलियो बनाएको छ। साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा हाइ क्वालिटी सोनी स्पिकर छन्।

कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’हरु छन्। साथै पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिन रहेको छ। सुरक्षाका लागि दीपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’सहितको ‘इन्टेलिजेन्ट एडास २।५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहेको छ।

विद्युतीय मोबिलिटीमा नयाँ अध्याय

कार्यक्रममा एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवालले दीपल एस०७ एउटा ईभी मात्र नभएर नेपालमा स्वच्छ मोबिलिटीको भविष्य कस्तो हुनसक्छ भन्ने दृश्तान्त भएको बताए। ‘हामीलाई गर्व छ कि हामीले पर्फमेन्स र लक्जरीको सीमालाई फराकिलो पार्ने मात्र होइन नेपालमा पहिले कहिल्यै नदेखिएको र अनुभव नगरिएको इन्टेलिजेन्स र इनोभेसनले भरिएको कार ल्याएका छौँ,’ उनले भने। त्यसैगरी चांगान अटोका डेप्युटी जनरल म्यानेजर गुआयन सिनले चांगानका लागि नेपाली बजार महत्वपूर्ण र भरपर्दो भएको बताए। ‘हामी नेपाली बजारमा अझ धेरै चांगानका गुणस्तरीय, सुरक्षित र उच्च प्रविधिका गाडीहरु ल्याउने लक्ष्य लिएका छौँ। साथै ग्राहकको अनुभव र बिक्रीपछिको सेवालाई पनि हामी उत्तिकै महत्व दिएका छौँ किन कि चांगानको पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि नै हो,’ उनले भने।

नेपालमा दीपल एस०७ को सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो ६ आकर्षक कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

 

४ हप्ता अगाडि

प्रतिक्रिया