जि.डब्लु.एम. का गाडीहरुमा “शानदार नववर्ष २०८१” अफर

४ हप्ता अगाडि

काठमाडौं - विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नयाँ अफर सार्वजनिक गरेको छ । 

नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको हो । यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जिडब्लुएमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ । जिडब्लुएमका मोडेलहरुमा ल्याइएका यी अफर मार्फत ग्राहकहरूले उल्लेखनीय लाभहरू पाउनेछन् ।

ओरा ०३ ईभी मा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउनेछन् । हाभलका एच् सिक्स, र जोलायनमा ८।५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै, पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ यो नयाँ वर्ष अविष्मरणीय बनाउन सक्नेछन् । जिडब्लुएम नेपालले अटोमोटिभ उत्साहीहरूलाई उनीहरूको ड्राइभिङ अनुभवमा प्रभाव र लक्जरीका अतुलनीय फाइदाहरू ल्याउने विशिष्ट सम्झौताहरूका साथ यो नयाँ वर्ष विशेष बनाउने मौका प्रदान गरेको छ । 
 
 

४ हप्ता अगाडि

प्रतिक्रिया