समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन माग

१ महिना अगाडि

काठमाडौं। संवैधानिक परिषदले राष्ट्रिय महिला आयोगमा रिक्त एक सदस्य र राष्ट्रिय समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको छ।

राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पद आगामी वैशाख २ गतेदेखि रिक्त हुँदै छ। परिषदले अभिलेख राख्ने प्रयोजनका लागि भन्दै नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपालीहरुबाट आवेदन माग गरेको हो। आवेदन आज सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउनुपर्ने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको ‘सूचना तथा समाचार’ खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल ठेगानामा [email protected] मा पठाउन भनिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया